मिना बस्नेत बनिन् वाल सुवोधिनि वर्ष उत्कृष्ट आमा

बिद्यालय-कलेज शिक्षा समाचार

दुहागढी / झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयले वर्ष उत्कृष्ट आमाको रुपमा मिना बस्नेतलाई सम्मान गरेको छ ।

सोमवार विद्यालयमा आयोजित आमा भेलाका विच बस्नेतलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उद्धव बिष्ट र विशिष्ट अतिथि स्रोतव्यक्ति लोकबहादुर दाहाल र दिपेन्द्र कन्दङ्वाले संयुक्त रुपमा दोसल्ला र प्रशंसा पत्रवाट सम्मान गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष ताजमदिन मियाको सभापतित्वमा सम्पन्न भेलामा प्रधानाध्यापक विश्व थापाले विद्यालयका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य लाल मोहम्मद मियाले स्वागत गरेको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शंकरप्रसाद पोख्रेल, कार्यपालिका सदस्य विन्दा प्रसाई, प्रमुख अतिथि बिष्ट लगायतले मन्तव्य राख्दै शैक्षिक गुणस्तर अभिबृद्धीमा आमाहरुको योगदानको बारेमा चर्चा गरेका थिए ।