प्रेमील जोडीले हेर्नेपर्ने गायिका निशुको ‘म कहाँ थिए यस्तो’ गीतको भिडियो सार्वजनिक

गित संगीत मनोरञ्जन मोडलिङ

बुधबारे / गायिका निशु ढकालको स्वरमा रहेको ‘म कहाँ थिए यस्तो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको ।

गायिका निशु ढकाल पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् ।

आइतबार उनले अर्को नयाँ गीत म कहाँ थिए यस्तो बोलको गीतको भिडियो बजारमा ल्याएकी हुन् । नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा स्मारिक, पूजा, किशोर र प्रकाशको नृत्य रहेको छ ।

ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

युवा अवस्थाको प्रेम रोमान्स माया र धोकालाइ नजिकबाट केलाइएको गीत हरेक प्रेमील जोडीले हेर्नेपर्ने गीत बनेको निशुले बताइन् । भिडियोमा नविन के तिमल्सिनाको सम्पादन तथा निर्देशन रहेको छ ।