बुधबारे जेसीज अध्यक्षमा हेमन्त बराल

समाचार समाज

बुधबारे / बुधबारे जेसीजको अध्यक्षमा हेमन्त बराल सर्वसम्मत चयन भएका छन् ।

जेसीजको सोमबार भएको सातौं साधारणसभाले वर्ष २०१९ का लागि अध्यक्षमा बराललाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै, कार्यकारिणी उपाध्यक्षमा अनिल वाग्ले र दीपेन सिटौला चयन भएका छन् । त्यस्तै महासचिवमा मुकेश भट्टराई, उपाध्यक्षमा क्रमशः अर्जुन ढकाल, गजुहाङ योङहाङ, केशव खुलाल चयन भएका छन् ।

त्यस्तै, सहसचिव गोकुल पौड्याल, कोषाध्यक्ष कृष्ण ढकाल, कानुनी सल्लाहकार चन्द्र कटवाल चयन भएका छन् । साधारणसभाबाट नै अध्यक्ष वरालले विभिन्न उपसमितिका संयोजक पनि चयन गरेका छन् ।

बुधबारे जेसीज वर्ष २०१८ का अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता, अनिल वाग्लेको संयोजकत्वमा भएको साधारणसभामा झापा उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो ।

कृष्ण ढकालले आस्था वाचन गरेको कार्यक्रममा वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख अतिथि चापागाईं, संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष सेमन्त पोखरेल, महिला सामुदायिक स्वास्थ्य सेवा केन्द्रका व्यवस्थापक जीवनकुमार खड्काले शुभकामना मन्तव्य राखेका थिए ।

महासचिव चन्द्र कटवालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन हेमन्त बरालले प्रस्तुत गरेका थिए ।

कार्यक्रम बुधबारे वाणिज्य संघको कार्यालयमा भएको थियो । सन् २०१२ मा विरता जेसीजले मातृत्व प्रदान गरी बुधबारे जेसीजको स्थापना भएको थियो ।