गोठमा आगो सल्किएर ३ वालवालिकाको ज्यान गयो

समाचार

बागलुङ / बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँको गोठमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

गोठमा राखिएको खरमा आगो सल्किँदा मंगलबार दिउँसो करिव ४ बजेतिर लागेको आगोमा परी स्थानीय दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको हो ।

यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ ।