भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बन्दै विवेक ओवराय

एजेन्सी / बलिउड नायक विवेक ओवरायले भारतीय प्रधानमन्त्री मोदीको जीवनीमा आधारित रहेर बन्न लागेको फिल्ममा अभिनय गर्ने भएका छन् ।

विवेकले मोदीको भूमिका निर्वाह गर्ने भएका छन् । नरेन्द्र मोदीको बायोपिकमा बन्ने चलचित्रको फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुक विभिन्न २३ भाषामा रिलिज गरिएको छ ।

सार्वजनिक पोष्टरमा लेखिएको छ–‘देशभक्ति हि मेरी शक्ति है ।’ उक्त चलचित्रमा नरेन्द्र मोदीको चिया बेच्दाको संघर्षदेखि भारतको राजनीतिको शक्तिशाली पदमा आइपुग्दासम्मको कथा देखाइने बताइएको छ ।