सुस्त मनस्थितिका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री हस्तान्तरण

बिर्तामोड / शिवांश स्मृती प्रतिष्ठानले झापाको बिर्तामोड–१०, मा अवस्थित बिराट आधारभुत बिद्यालयमा अध्यनरत फरक क्षमता भएका ४५ जना बिद्यार्थीलाई बिद्यालय पोशाक तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।

दश महिनाको कलिलै उमेरमा डेनमार्कमा निधन भएका शिवांश विमलीको स्मृतीमा स्थापीत प्रतिष्ठानले कन्काई नगरपालिका ८ मा अवस्थित हिमाली आधारभुत बिद्यालयमा आयोजीत कार्यक्रमका बिच सामाग्री फरक क्षमता अर्थात सुस्तमनस्थितीका ४५ बिद्यार्थीलाई बितरण गरेको हो ।

शिवांश बिमलीको तेस्रो स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कन्काई नगरपालीकाकी उपप्रमुख मन्जु प्रसाई एंवम बिशिष्ट अतिथि वडा नम्बर आठका अध्यक्ष प्रेम कटुवालले ति सामाग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानका संरक्षक नरप्रसाद बिमली र सुनिता बिमलीले अक्षकोषको ब्याजबाट प्राप्त रकमबाट फरक क्षमता भएका बिद्यार्थीलाई प्रत्येक वर्ष शैक्षिक सामाग्री बितरण गरिने जानकारी दिए । सात लाखको अक्षकोष रहेकोमा त्यसलाई बृद्धि गरि १० लाख पुर्याउने सो अवसरमा जानकारी दिए ।

०७१ फागुन २८ गते डेनमार्कमा जन्मिएका शिवांश बिमलीको ब्रेन ट्युमरको कारण १० महिनामै आजैका दिन उपचारको क्रममा निधन भएको थियो । सोहि अवसरमा आफ्नी दिवंगत छोरी प्रिति कट्वालको स्मृतिमा आमा शान्त कटुवालले पनि ५० थान न्यानो कपडा स्विटर बितरण गरेकी छन् ।

हिमाली आधारभुत बिद्यालयको कक्षा १ र २ मा अध्यनरत बिद्यार्थीलाई दिवगंत प्रितिकी आमा शान्त कटुवालले स्विटर बितरण गरेको सो बिद्यालयका प्रधानाध्यापक केशव ओझाले जानकारी दिए ।

त्यसैगरी समिक्षा फाउण्डेशनले पनि सोही बिद्यालयमा अध्यनरत फरक क्षमता भएका वालबालिकाको लागि २१ जोर न्यानो कपडा बितरण गरेको छ । फाउण्डेशनका संरक्षक धर्म शिवाकोटीले ति सामाग्री बिद्यार्र्थीलाई हस्तान्तरण गरेका हुन ।

त्यस्तै , प्रकाश उप्रेती र हरिहर पराजुलीले सोहि बिद्यालयका ९ देखि १४ वर्ष उमेर समुहका बिद्यार्थीलाई सट, पेन्ट बितरण गरे । सोहि कार्यक्रममा इन्द्र बस्नेत, नरेश भट्टराई र रमेश दाहालले बिद्यार्थीहरुको लागि हिटर, म्याट लगायतका सामाग्री बितरण गरेका छन् ।

बिमली प्रतिष्ठानका महासचिव सरोज बिमली, उपध्यक्ष कृष्ण बिमली , संचारकर्मी लिला अनुमोल, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष पार्वता बिमली, सुनिता सिग्देल लगायतले मन्तब्य राखेको कार्यक्रमको सञ्चालन प्रधानध्यापक केशव ओझाले गरेका थिए ।