सुरुङ्गामा ५० जनाले गरे रक्तदान

समाचार समाज

सुरुङ्गा / मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको नर्सिङ् क्याम्पस भद्रपुरको १६ औं व्याज अन्तर्गत प्रथम समूहको आयोजनामा वुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा चौकमा सम्पन्न भएको रक्तदानमा महिला र पुरुष गरी ५० जनाले रक्तदान गरेका छन् । प्रतिष्ठानले आफ्नो वार्षिक क्यालेन्डर अनुसार नै स्थापना कालदेखी रक्तदान लगायत विभिन्न स्वास्थ्य सम्वन्धि जनचेतनामुलक

कार्यक्रम गर्दै आएको प्रतिष्ठानकी क्याम्पस प्रमुख रञ्जना डाँगीले वताएकी छन् ।

कनकाई नगरपालिका साथै क्रियाशिल विभिन्न १० वटा सामाजिक संघ संस्थासँगको सहकार्यमा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी विर्तामोडको प्राविधिक सहयोग रहेको वताइएको छ ।

प्रतिष्ठानकी प्रशिक्षक प्रतिमा काफ्लेको सभापतित्व एवम् सहयोगी संस्था प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाकी प्रमुख सचु थापाको प्रमुख आतिथ्य रहेको रक्तदान कार्यक्रममा अन्य सहयोगी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा र भद्रपुर, सुरुङ्गा जेसीज, लायन्स क्लव र लियो क्लव अफ कनकाई सुरुङ्गा, ज्ञानज्योती युवा क्लव, सुरुङ्गा सहकार्य युवा क्लव, कनकाई खेलकुद प्रतिष्ठान, मार्गदर्शन नेपाल, कनकाई मावि लगायतका क्रियाशिल सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रममा सुरुङ्गा खानेपानीका अध्यक्ष प्रेमप्रसाद दहालले मन्तव्य राखेका थिए ।

पिटुआर अटोजोन सुरुङ्गाको विशेष सहयोग रहेको रक्तदान कार्यक्रममा आयोजक संस्थाकी सदस्य दिपशिखा लकान्द्रीले स्वागत तथा विभुती खड्काले संचालन गरेकी थिइन् ।