गोमेन्द्र कलेजका उत्सव भए ‘प्रेजेन्टेशन’मा उत्कृष्ट

बिद्यालय-कलेज शिक्षा

विर्तामोड / गोमेन्द्र कलेजले वीवीए फस्ट सेमेस्टरका विद्यार्थीबीच आयोजना गरेको प्रेजेन्टेशनमा उत्सव घले उत्कृष्ट भएका छन् ।

उत्कृष्ट विद्यार्थी घलेलाई उपहार स्वरुप कलेजका प्राचार्य रुपक खनाल र कोअर्डिनेटर शेखर पाण्डेले गोमेन्द्र कलेजको टीसर्ट प्रदान गरेका थिए ।

गोमेन्द्र कलेजले वीवीएमा अध्ययनरत विद्यार्थीहरुबीचमा प्रतिष्पर्धात्मक ‘अमेरीकन सिद्धान्तको महत्व’ र ‘प्रेरक व्यक्तित्व’ शिर्षकमा साप्ताहिक प्रेजेन्टेशनको आयोजना गरेको थियो ।

वीवीएमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई ६ वटा समुहमा विभाजन गरी कलेजले प्रत्येक हप्ता प्रजेन्टेशन कक्षाको आयोजना गरेको थियो ।

६ वटा समुहबाट प्रत्येक हप्ता उत्कृष्ट प्रस्तुती दिने १/१ जना छनोट गरी बिहीबार फाइनल प्रेजेन्टेशन गराएको थियो ।

प्रेजेन्टेशनमा उत्सव घले, अनुष्का समालमगर, निश्मा खरेल, वर्षा मल्ल, दिनेश आचार्य र प्रिया गिरीले ‘अमेरीकन सिद्धान्त’ र ‘प्रेरक व्यक्तित्व’ शिर्षकमा आ–आफ्नो प्रस्तुती दिएका थिए ।

प्रेजेन्टेशन कक्षामा गोमेन्द्र कलेजका प्राचार्य खनाल, कलेजका कोअर्डिनेटर शेखर पाण्डे र शिक्षक विमल राजवंशीको उपस्थिति थियो ।

प्राविधिक शिक्षा अध्यापन गराउदै आएको विर्तामोडको एकमात्र गोमेन्द्र कलेजले ५ वर्षदेखि विद्यार्थीहरुको आत्मवल उच्च बनाउन साप्ताहिक पे्रजेन्टेशन कार्यक्रम गराउँदै आएको छ ।