जग्गादर्ता सम्बन्धी समितिको अध्यक्षमा राधाकृष्ण खनाल

झापा / सरकारले झापा जिल्लाको महारानी झोडा, लखनपुर, सतासीधाम, धरमपुर, तोपगाछी क्षेत्रको जग्गादर्ता सम्बन्धी समिति गठन आदेश २०७५ बमोजिम गठित समितिको अध्यक्षमा राधाकृष्ण खनाललाई तोक्ने निर्णय गरेको छ ।

खनाल शिव सतासीधाम–३, धरमपुरका हुन् ।

समितिको सदस्यमा झापाको गौरादह नगरपालिका–५,का मदनप्रसाद अधिकारीलाई तोक्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

पुस १९ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय आज सार्वजनिक गर्देै सरकारले यस्तो निर्णय गरेको सञ्चारमन्त्री गोकुलप्रसाद बाँसकोटाले जानकारी दिए ।