नयाँ मर्यादाक्रम सार्वजनिक

राजनीति राष्ट्रिय

काठमाडौं / सरकारले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको छ । यही पुस १९ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

नयाँ मर्यादाक्रमअनुसार प्रदेश प्रमुखलाई छैटौं नम्बरमा राखिएको छ ।

प्रदेशका मन्त्री र केन्द्रका सांसद, राज्यमन्त्री, काठमाडौं महानगरकाका मेयर, पूर्वसांसद, मुख्यसचिव र प्रधानसेनापति नवौं नम्बरमा छन्। अन्य महानगरका मेयर, प्रदेशका सहायकमन्त्रीलगायत दशौं नम्बरमा छन् ।

सचिव, प्रहरी प्रमुख, उपमहानगरका प्रमुख र काठमाडौंका उपमेयरको मर्यादाक्रम एउटै कायम गरिएको छ । नगरपालिकाका प्रमुख १४औं र गाउँपालिकाका प्रमुख १५औं नम्बरमा हुँदा सरकारका उपसचिव, प्रमुख सेनानी १७औं नम्बरमा राखिएको छ ।