‘सनराइज सिमेन्ट ढुक्क भएर लगाए हुन्छ, हामी क्वालिटीसँग कहिल्यै कम्प्रोमाइज गर्दैनौ’ : अमित पोद्धार

विर्तामोड / उच्चस्तरीय प्रविधिका साथ झापाको मेचीनगर नगरपालिका-७, ईटाभट्टामा सञ्चालित सनराइज सिमेन्ट प्रालिले विभिन्न ब्राण्डका उत्पादित सिमेन्ट बजारमा ल्याएको छ ।

हाल सनराइजले पीपीसी र ओपीसी गरी ६ ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आइरहेको छ । याक, पाण्डा, डबलहर्स, मातृभूमी, सुपरसेन्चुरी र थ्रीस्टार सनराइजद्धारा उत्पादित सिमेन्टमका नाम हुन् ।

सनराइजले उपभोक्ताको माग र बजारलाई ध्यान दिएर विभिन्न ब्राण्डका सिमेन्ट बजारमा ल्याएको प्रालिका प्रबन्ध निर्देशक अमित पोद्धारले जानकारी दिए ।

यतिका ब्राण्ड बजारमा ल्याइरहेको सनराइजले उद्योग सञ्चालन गर्दा भने विभिन्न समस्याहरु झेल्नु परेको उद्योग सञ्चालकले बताएका छन् ।

पछिल्लोे समय सिमेन्ट उद्योग सञ्चालन गर्न निक्कै चुनौतीपूर्ण रहेको सञ्चालकहरुको भनाई छ । ‘समय समयमा परिवर्तन हुने नेपाल सरकारको नीति र भारतीय सरकारी नीतिका कारणले उद्योग सञ्चालन गर्न समस्या भएको प्रालिका निर्देशक पोद्धारले बताएका छन् ।

‘कच्चा पदार्थ सबै भारतबाट ल्याउनु पर्ने अवस्था छ, त्यसैले कहिले काँही भारतीय सरकारी नीतिले पनि समस्या ल्याउने गरेको छ’ पोद्धारले भने -‘कच्चा पदार्थ भारतबाट ल्याउनुपर्छ । समय समयमा परिवर्तन हुने भारतीय कच्चा पदार्थ निर्यात नीतिले त फरक पार्छ नी ।

त्योसँगै ट्रान्सपोर्टेशनको समस्या, कच्चापदार्थको समस्या, आफुसँगैका अन्य धेरै उद्योग सञ्चालन भएकाले र प्रतिष्पर्धी बजार आदि कारण धेरै समस्या झेल्नुपरेको उनको अनुभव छ ।

त्यसको अलावा पटक पटक विद्युत कटौती हुनु, भोल्टेजको समस्या, बैदेशिक रोजगारका कारण कामदारको अभाव, कहिले काँही कच्चा पदार्थ आपुर्तीमा आउने समस्याले उद्योग सञ्चालनमा अलिबढी चुनौती थपेको उनको भनाई छ ।

पछिल्लो समय धेरै ठुलो लगानीमा खोलिएका अन्य उद्योगले ठुलो चुनौती थपेको र चर्को प्रतिष्पर्धा गर्नु परेको उनले बताए ।

उद्योग सञ्चालनमा समस्या भएतापनि ओपीसि र पीपीसी दुबै खाले सिमेन्ट उत्पादन गर्दै आएको सनराइजले सबै उत्पादन मजबुत र गुणस्तरीय रहेको जनाएको छ ।

सनराइजले क्वालिटीसँग कहिल्यै कम्प्रोमाइज नगर्ने हँदा उपभोक्ताले ढुक्क भएर प्रयोग गर्न पोद्धारले आग्रह गरेका छन् । ‘उपभोक्ताले सनराइज सिमेन्ट ढुक्क भएर लगाए हुन्छ’ उनले भने ‘हामी सबै कुरा गर्छौं तर क्वालिटीसँग कहिल्यै पनि कम्प्रोमाइज गर्दैनौ ।’

‘घर मान्छेले जीवनमा एक पटक मात्रै बनाउँछ, त्यसैले घर सधैको लागि हुन्छ । हाम्रो एउटा मात्रै ध्येय छ गुणस्तर कायम गर्नु’ उनले भने । तसर्थ सबै संरचना निर्माणमा सनराइज सिमेन्ट उपयुक्त हुने उनको दाबी छ ।

‘आजभन्दा ५/७ वर्ष अगाडी झापामा धेरै सिमेन्ट उद्योग थिएनन् । बाहिर उत्पादित सिमेन्टले ५० प्रतिशत भन्दा माथि बजार ओगटेको थियो । तर, अहिले त्यो अवस्था छैन । यहाँको अधिकांश बजारमा स्थानीय उत्पादनको बर्चस्व छ’ प्रालिका प्रबन्धक पोद्धारले भने ‘यो देख्दा हामीलाई खुसी पनि लाग्छ ।’

झापामा हाल ७ वटा सिमेन्ट उद्योग सञ्चालित छन् । त्यसमा सनराइजका उत्पादनले अधिकाँश बजार ओगट्नुका साथै राम्रो हिस्सेदारी रहेको उनको भनाई छ ।

सामाजिक उत्तर दायित्वका हिसाबले पनि सिमेन्ट उद्योगले समाजमा उल्लेख्य भूमिका निर्वाह गरेको उनको भनाई छ । मन्दीर, पाटीपौवा, स्कुल, मलामीघर जस्ता सार्वजनिक संरचना निर्माणमा बिनाशुल्क केही सिमेन्ट सहयोग गरिरहेको उनले जानकारी दिए ।

प्रदुषण नियन्त्रण गरी वातावरणमैत्री उद्योग सञ्चालनका लागि प्रालिले विशेष ध्यान दिएर अघि बढेको उनले बताए । त्यसका लागि अत्याधुनिक प्रविधियुक्त मेसीन डस्ट कलेक्टर जडान गरेर सकेसम्म प्रदुषण कम गर्न कोसिष गरेको उनको भनाई छ ।

सनराइजद्धारा उत्पादित सिमेन्ट मेची कोशी सगरमाथा साथै प्रदेश नं १ का प्राय सबै जिल्लामा पुगेको छ । आगामी दिनमा आफ्नो उत्पादन अन्यप्रदेशमा पनि पुर्याउने प्रालिको योजना छ ।

झापाको पूर्वी भागमा सञ्चालित उक्त उद्योगले १ सय २० भन्दा बढीलाई रोजगारी दिंदै आएको छ ।