विदेशिएका बाबुलाई चाँडै घर फर्कन भाइरल गायिका समिक्षाको आग्रह (भिडियो सहित)

गित संगीत मनोरञ्जन

विर्तामोड / संगीतकार बसन्त सापकोटाले सानै उमेरमा गीत गाउने अवसर दिएर चर्चा कमाएकी भाइरल गायिका समिक्षा अधिकारीको दोस्रो गीत सार्वजनिक भएको छ ।

समिक्षाको दोस्रो सांगितिक कोशेलीको रुपमा बाबा वनमा काफल पाक्यो बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।

चलचित्र नाइ नभन्नु ल ५ मा फेरी कहाँ आउछ रे घुमेर यो बालापनको उमेर बोलको गीत गाएर समिक्षाले राम्रो चर्चा बटुलेकी थिइन् ।

यो गाउने अवसर पनि संगीतकार सापकोटाले नै दिएका थिए । मिठो स्वरकी धनी बालगायिका समिक्षालाई संगीतकार सापकोटाले दोस्रो पटक काठमाण्डौं ल्याएर बनमा काफल पाक्यो रेकर्ड गराएका हुन ।

चर्चित गीतकार दिनेश थपलियाको शव्द रहेको सो गीतमा संगीत सापकोटाको र स्वर समिक्षाले दिएकी छिन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक भइसकेको छ ।

म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् भने प्रभा आचार्यको सह–निर्देशक रहेको छ । भिडियोमा गायिका समिक्षा, संगीतकार बसन्त सापकोटा, साथमा देशभक्त खनाललगायतले अभिनय गरेका छन् ।

भिडियोमा सुदिप बरालको छायांकन, अर्जुन पोखरेलको सम्पादन छ ।

गीतले रोजगारीको शिलशिलामा विदेश बस्ने बुवालाई चाडै स्वदेश फर्कन गरिएको आग्रहलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । समिक्षाको गीत यूट्युबमा सार्वजनिक भएको छोटो समयमा नै धेरैले हेरिएको छ ।

                                                                                      भिडियो