नायिका वर्षा र नायक संजोगले भ्यालेन्टाइन डेमा विहे गर्ने

झापा / नायिका वर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिन विवाह गर्ने भएका छन् । वर्षा र सञ्जोग लामो समयदेखि प्रेममा रहेका थिए ।

दुवैले चाँडै विहे गर्ने भन्दै केही समयअघि देखि विहेको तयारी समेत गर्दै आएको बताएका थिए ।

नायिका राउतले बिहेको निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् । उनले आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् ।

उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’

बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ ।