आर्मीलाई हराउँदै झापा ११ ले हात पार्र्यो फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर / पाँचथरको फिदिममा सम्पन्न फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ ले हात पारेको छ । फिदिम उच्च माविमा त्रिभुवन आर्मी क्लव र झापा ११ बीच आज भएको खेलमा १ का विरुद्ध २ गोल गर्दै झापा ११ विजयी भएको हो ।

खेलको पहिलो हाफमा झापा ११ का पुजन उपरकोटीले एक गोल गरेर १ ० को अग्रता दिलाए ।

पहिलो हाफमा गोल गर्न नसकेको आर्मीले दोस्रो खेलको ७२औं मिनेटमा राजिभ गुरुङले गोल फर्काएपछि खेल बराबरी भएको थियो ।

खेलको ८३ औं मिनेटमा झापाका उपरकोटीले पुनः अर्को गोल गरेपछि झापा ११ ले जीत हासिल गरेको हो ।

आर्मीले निक्कै फ्रिकिकका अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पुग्यो । विजेता झापा ११ ले नगद ४ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता आर्मीले नगद २ लाखमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी झापाका देबेन्द्र तामाङ घोषित भए । उनले यमाहकम्पनीको मोटर साइकल प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता झापाका कर्ण लिम्बु, बेस्ट गोल किपर झापाकै मनोज प्रधान, बेस्ट डिफेन्ड आर्मी क्लबका युद्ध शाही, बेस्ट कोच झापाका प्रवेश कटुवाल, सर्वोकृष्ट फरवाड झापाका दिलेन तोक्तान, र उदयमान खेलाडी आयोजक स्पोटिङ क्लवका प्रविन जवेगु बने ।

खेलको म्यान अफ दी म्याच झापाका राजिप गुरुङ घोषित भए । पुुुस २१ गतेदेखि प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता थियो ।