गोठमा लागेको आगो निभाउने क्रममा २ भैसीसहित एक जनाको जलेर मृत्यु

गुल्मी / गोठमा लागेको आगो निभाउने क्रममा घाइते भएका एकजनाको उपचार गर्दागर्दै मृत्यु भएको छ ।

सोमबार राति गोठमा आगो लागेपछि निभाउने क्रममा गुल्मी जिल्ला मुसीकोट नगरपालिका १ का ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेपालीको गोठमा बाँधेको २ वटा भैंसीसमेत जलेर मरेको प्रहरीले जनाएको छ ।

नेपालीको गोठमा सोमबार बेलुका आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर उनी घाइते भएका थिए ।

उनलाई गएराति नै उपचार गर्न पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।