यस्तो छ चलचित्र आरोपको गीत ‘नपग्लेरै चुहियो जवानी तप्प तप्प’ (भिडियो सहित)

फिल्मी संसार मनोरञ्जन

विर्तामोड / माघ ११ गते रिलिज हुने तयारीमा रहेको नेपाली कथानक चलचित्र आरोपको एउटा गीत आज सार्वजनिक गरिएको छ ।

‘नपग्लेरै चुहियो जवानी तप्प तप्प’ बोलको उक्त गीत आज ओएसआर डिजिटलले यूट्युबमार्फत सार्वजनिक गरेको हो ।

गायिका मनिषा पोखरेलले गाएको उक्त गीतको शव्द,संगीत एसके अधिकारीको रहेको छ । राजु राउत र दयाराम गहतराज राजनको प्रस्तुती रहेको उक्त चलचित्रको निर्देशन अमर ओलीले गरेका छन् ।

चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइटेल, राजन गहतराज, राजु राउत, उद्दव गिरी,रिचा थापा, रश्मी भट्ट, दिपिका ढकाल, शुशिल पोखरेल, प्रेम खड्कालगायतको अभिनय रहेको छ ।

चलचित्रमा सानुकुमार महर्जनको द्वन्द, कमल राइले कोरियोग्राफी गर्नुका साथै दिनेश पाठक र विजय साजकोटा प्रोड्युसर रहेका छन् । चलचित्रको उक्त गीतमा सञ्चिता लुइटेललाई मुकुण्डो लगाएर आइटम डान्सरको रुपमा प्रस्तुत गरिएको छ ।