संसारमै नभाको नाम झक्कड थापाको ‘कानमा डबल झुम्का’ गीतको भिडियो सार्वजनिक

विर्तामोड / पश्चिम नेपालको दैलेखबाट नेपाल आइडलमा आएर चर्चा कमाएका झक्कड थापाको दोस्रो गीत सार्वजनिक भएको छ ।

नेपाल आइडलमा उनले गाएको कानमा डबल झुम्का गीतकै शव्द रहेको उनको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो ।

झक्कडको गीतमा सुरज थापाले शव्द लेखेका छन् । गीतको एरेञ्ज पनि सुरजले नै गरेका छन् ।

भिडियोमा सगरी कार्की, युवराज वस्ती, विशाल कार्की, करिना तामाङले अभिनय गरेका छन् । भिडियोमा झक्कडलाई पनि देख्न सकिन्छ ।
गीतको भिडियो निर्देशन राजु श्रेष्ठले गरेका हुन् ।

जीवन सेन्चुरीले सम्पादन गरेको भिडियो नरेश ऐरले खिचेका हुन । भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

झक्कड थापा नेपाल गञ्जमा अटो रिक्सा चलाउदै आएका छन् । उनले यसअघि अर्को अब नाच्न्या हो गाउन्या हो बोलको गीत सार्वजनिक गरिसकेका छन् ।