ग्यास सिलिण्डर पड्किएर १ जनाको मृत्यु ४ घाइते

काठमाडौं / काठमाडौंको गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास पड्किएर नुवाकोट बेलकोटका काजी तामाङको मृत्यु भएको छ ।

बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका तामाङसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ।

त्यहाँ उपचारका क्रममा तामाङको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले तामाङको २ः४५ बजे मृत्यु भएको बताए ।

कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल घटनामा परि गम्भीर घाइते छन । उनीहरुको अवस्था गम्भीर छ ।

घटनास्थलमा रहेका अधिकारीहरुका अनुसार त्यहाँ बर्नर विग्रिएको एक सिलिन्डरको मर्मत गर्ने क्रममा एक्कासि आगलागी भएको बताइएको छ ।