गोविन्द केशीले कुनै माटोमा टेक्दा सुन फल्दैन, सबै भ्रम हो : योगेश भट्टराई

विर्तामोड / डा. गोविन्द केशीले कुनै माटोमा टेक्दा सुन फल्छ भन्ने मान्छेमा भ्रम रहेको नेकपा नेता योगेश भट्टराइले बताएका छन् ।

‘गोविन्द केशीले टेक्दैमा सुन फल्दैन’– नेता भट्टराइले आज विर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै भने ‘त्यहाँ केही फल्दैन मेहनत गर्नुपर्छ । यो कुरा विल्कुल भ्रम मात्र हो, केशीले जुन लिंडेढिपी गर्नुहुन्छ त्यो जायज छैन ।’

विद्येयकमा मेरो भावना समेटिएन भन्नुहुन्छ त्यो गलत हो । सांसद समेत रहेका नेता भट्टराइको तर्क छ विद्येयकमा केदारभक्त माथेमाको रिपोर्ट भन्दा अलग कुरा पनि छन् तमाम आयोग र समितिका रिपोर्टहरु समेटेको छ ।

उनको प्रश्न छ ‘गोविन्द केशीले नदेखेको कुरा के अरु कसैले राम्रो देख्छ भने देख्न नपाउने त ?’ तसर्थ, ‘यो सबै भ्रम हो भ्रममा नपर्न म आग्रह गर्छु’ उनले भने ।