उर्लाबारी / मोरङ,उर्लाबारीका पत्रकार तेजन खड्कामाथी गएराती कुटपिट भएको छ । समाचार लेखेको बिषयमा पत्रकार खड्कामाथी उर्लाबारी-९ का वडाध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याकले खड्काको घरमै गएर कुटपिट गरेका हुन् ।
अनुदानको मकैको बिउ पैसा लिएर बिक्री गरेको भन्ने समाचारको विषयलाई लिएर आक्रोशित फ्याकले मदिराको नशामा खड्काको घरमै गएर कुटपिट गरेका थिए ।
कमलले पत्रकारकी आमालाई समेत हातपात गरेका थिए । कुटपीटमा संलग्न कमललाई गएराति नै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
कमलले पत्रकारहरुलाई अपशब्द प्रयोग गरेर सामाजिक सञ्जालमा गाली गलौज पनि गर्दै आएका थिए । कुटपीटबाट पत्रकार खड्काको टाउकोमा चोट लागेको छ । उनको स्थानीय अरनिको अस्पतालमा उपचार गरिएको छ ।
समाचार लेखेकै आधारमा पत्रकार खड्कामाथि वडाध्यक्षका छोराले आक्रमण गर्ने कार्यको नेपाल प्रेस युनियनसहित पत्रकारजन्य संस्थाहरुले भत्र्सना गरेका छन् ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषी कमल फ्याकलाई कार्वाहीको माग गर्दे भएरहित वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरणका लागि सरोकारवाला पक्षसँग माग गरेका छन् ।