प्रदेश सभाषद् दर्लामीले गरे २ करोडका योजनामा वजेट विनियोजन

आर्थिक समाचार समाचार

दमक / झापा क्षेत्र नम्बर ४ ( १ ) प्रदेशसभा सदस्य झलकसिंह दर्लामीमगर ‘शन्देश’ ले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत विभिन्न शिर्षकमा २ करोड रूपैँया वजेट विनियोजन गरेका छन् ।

दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङ्गका अनुसार आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि सडक सञ्जाल, कल्र्भट, सडक तथा ढल, साना–ठूला नदी र खोला तधबन्धन, मठमन्दिर, सामुदायिक भवन, पुल निर्माणका लागि उक्त बजेट विनियोजन गरेका हुन् ।

जसअन्तर्गत क्षेत्र नं ४ (क) अन्र्तगत शिवसताक्षी–१ स्थित लेलिया खोलामा पुल निर्माणमा १० लाख , शिवसताक्षी–२ मा मंगलवारे कृषि उपज बजारमा ढल निर्माणमा २० लाख , गौरीगञ्ज गाउँपालिका–१ महाभारा कुन्जिवारी बजार दक्षिण भन्सार हुँदै दशगजासम्म सडक निर्माणमा १५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, गौरीगञ्ज गाउँपालिका–२ कोरोबारीस्थित सत्यनारायण राजवंशीको घरदेखि डेमरू राजवंशीको घरसम्मको सडक निर्माणका लागि १० लाख रूपैयाँ विनियोजन गरेका छन् ।

यता, गौरादह नगरपालिका–९ बैगुनधुराको अमर माविको खेल मैदान मर्मत तथा कम्पाउण्ड घेरावेरा निर्माणमा ८ लाख रूपैयाँलगायतका १७ वटा शिर्षकमा बजेट विनियोजन गरिएको स्वकीय सचिव नेम्बाङले जानकारी दिए ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद दर्लामीले आफ्नो निर्वाचन क्षेत्रको ग्रामिण सडक निर्माण, सडक स्तरन्नोति, शिक्षा–बिद्यालय, कृषि, स्वास्थ्य, सुरक्षा, विद्युत विस्तार, सिचाई, नदी नियन्त्रणलगायत महिला, जनजाति, आदीवासी, दलित, सीमान्तकृत जाति–जातिको बिकास र सामुदायीक बिकास कार्यक्रमहरुलाई जोड दिदै आइरहेको बताए ।