रामेछापमा बस दुर्घटना १ को मृत्यु अन्य २० जना घाइते

प्रदेश समाचार

रामेछाप / रामेछापको सदरमुकाम मन्थली नजिकै मच्छेडाँडीमा  आइतबार मध्यान्ह बस दुर्घटना भएको छ ।

ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा ओखलढुँगाको चंपादेवी गाउँपालिका-६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर ६ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

अन्य घाइतेहरुको भने मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।