सानीमा लाइफ इन्स्योेरेन्सको शाखा दमकमा

आर्थिक समाचार समाचार

दमक / सानीमा लाइफ इन्स्योेरेन्स लिमिटेडले आफ्नो ३३ औ शाखा झापाको दमकमा बिस्तार गरेको छ । शाखाको आज एक कार्यक्रमका बिच दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गरे ।

जीवन बिमा कम्पनीको रुपमा स्थापित भएर काम गरिरहेको यस कम्पनीले आज ३३ औ शाखा दमकमा बिस्तार गरेको हो । इन्सोरेन्स लिमिटेडले यहि महिना भित्र १ नम्बर प्रदेशको इनरुवा, धरान र गाइघाटमा शाखा विस्तार गर्ने सो इन्स्योरेन्सका जेनेरल म्यानेजर शिवराम तिम्सिनाले बताए ।

सानिमा इन्स्योरेन्स २ बर्ष अघि काठमाण्डौमा स्थापना भई देशका बिभिन्न जिल्लामा सन्चालित रहेको बताईएको छ । झापामा यो इन्स्योरेन्सले यस अघि नै बिर्तामोडबाट सेवा दिईरहेको छ ।

जिल्लाको माई पश्चिमका र मोरङको पूर्वी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई छिटो छरितो ढङ्गमा सेवा प्रदान गर्ने उदेश्यले दमकमा शाखा बिस्तार गरेको कम्पनीका बजार प्रमुख गणेश चौलागाईले बताए ।

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड दमक शाखाको प्रमुखमा आनन्द खड्का रहने बताइएको छ ।