काठमाडौंमा भूकम्पको धक्का

समाचार

काठमाडौं / काठमाडौंमा आज बिहान  भूकम्पको पराकम्प गएको छ ।  काठमाडौंमा स्थानीयले पराकम्पको धक्का महसुस गरेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको  थापाथली आसपास केन्द्रबिन्दु भएर  ३.३ म्याग्निच्युटको भूकम्प गएको हो ।

केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ ।