बलभद्रका विद्यार्थीलाई न्यानो कपडा वितरण

बाल बालिका बिद्यालय-कलेज शिक्षा समाचार

झापा / गौरादह ९ स्थित बलभद्र प्राथमिक बिद्यालयका बिद्यार्थीलाई एक कार्यक्रमका बिच न्यानो कपडा वितरण गरिएको छ ।

पूर्व बिद्यार्थी तथा सञ्चारकर्मी सृजन घिमिरेको अगुवाइ र वैदेशिक रोजगारीमा रहेका स्थानीय युवाहरु तथा बिर्तामोडका २ वटा बालक्लबको सहयोगमा १ सय जना विद्यार्थीलाई स्वीटर र टोपी बितरण गरिएको हो ।

सो बिद्यालयमा बिपन्न र सन्थाल समुहको बाहुल्यता रहेको छ । बैदेशिक रोजगारीमा रहेका सोहि विद्यालयका पूर्व बिद्यार्थी तथा स्थानीय विसन किस्कु, ध्रुव भुजेल, प्रधान हेमरम, जीवन ढकाल, सुनिल टुडु, पल्टन मुर्मु, राजन सिग्देल, महेन्द्र गिरी तथा देवभूमी बालक्लब र उज्यालो इडन गार्डेन बाल क्लवको संयुक्त सहयोगमा कपडा बितरण गरिएको हो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खोजबहादुर फुयालको सभापतित्व तथा गौरादह नगरपालिका वडा नं ९ का सदस्य कृष्ण गौतमको प्रमुख आतिथ्यता रहेको थियो । साथै पत्रकार सरोज पौडेल संचारकर्मी चेतन लामिछाने, टिका तिवारी, भिजन गुरागाई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी तथा संचारकर्मी सृजन घिमिरेले बैदेशिक रोजगारीमा रहेका भू.पु.विद्यार्थीको साथ र सहयोगले गर्दा मात्र कार्यक्रम गर्न सफल भएको बताएका थिए ।

सोही क्रममा बोल्दै पत्रकार सरोज पौडेलले बाल क्लबका बिद्यार्थीले खाजा खान ल्याएको पैसा बचत गरेर सहयोग गर्नु उदाहरणीय भएको बताए । साथै बालबालिका भविष्यका कर्णद्या मात्र नभएर बर्तमानका साझेदार पनि भएको बताए ।

गौरादह नगरपालिका वडा नं ९ का सदस्य तथा प्रमुख आतिथि गौतमले आफु सानो पदमा रहेपनि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।