(गीत) अचानोमा राखेर-ओमनाथ कडरिया

गित संगीत मनोरञ्जन

        गीत

अचानोमा राखेर सास्ती दिए पनि
खुसीहरु तिमीले राखी मलाई घाउ दिए पनि
माया लाग्छ तिम्रो सधैँ
ज्यानै लिए पनि ।

फूलैफूल भागमा पारी काँडा छरे पनि
अरुलाई समेटेर मलाई रेटे पनि
माया लाग्छ तिम्रो सधै
सबै बाटै छेके पनि ।

अचानोमा राखेर सास्ती दिए पनि
खुसीहरु तिमीले राखी मलाई घाउ दिए पनि

प्यासी भई छटपटिँदा बगर दिए पनि
हाँसो जति तिमीले लिई मलाई आँसु दिए पनि
माया लाग्छ तिम्रो सधैँ
मनै चिरे पनि ।
अचानोमा राखेर सास्ती दिए पनि
खुसीहरु तिमीले राखी मलाई घाउ दिए पनि ।

नाम : ओमनाथ कडरिया
ठेगाना : हल्दिबारी गाउँपालिका-१ गोलधाप , झापा