डा. केसीको नाममा राजनीतिक खेती अन्त्य : सांसद भट्टराई

समाचार स्वास्थ्य

काठमाडौं / सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले डा. गोविन्द केसीका माग शत प्रतिशत पूरा भएको बताएका छन् ।

प्रतिनिधि सभा बैठकबाट शुक्रबार पारित गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५मा अनशनरत डा. गोविन्द केसीका माग सरकारले विधेयकमा समेटेको जनाए ।

उनले भने, विगत लामो समय देखि डा. केसीको नाममा राजनीतिक खेति गर्नेहरुको खेति अब सदाको लागि अन्त्य भएको छ ।

विधेयक पारितले तमाम नेपालीको जीत भएको बताउँदै विदेशी मेडिकल कलेज र विदेश विद्यार्थी पठाउनेहरुको खेति समाप्त भएको उल्लेख गरे ।

उनले डा. गोविन्द केसीलाई अब जीवनभर चिकित्सा शिक्षाको बारेमा अनशन बस्न नपर्ने बताए । साथै तत्काल अनशन तोड्न समेत आग्रह गरेका छन् ।