महिला आदर्श सेवाकेन्द्र झापाको अध्यक्षमा राधा कार्की

आर्थिक समाचार समाचार समाज

चन्द्रगढी / राधा कार्कीको अध्यक्षतामा तेह्र सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै महिला आदर्श सेवा केन्द्र झापाको १९ औं वार्षिक साधारणसभा शुक्रबार चन्द्रगढीमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिनिधिसभाका सांसद् राजेन्द्र लिङ्गदेनले गरेका थिए ।

उद्घाटनशत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि एवम् सांसद लिङ्गदेनले मुलुकको आधाभन्दा वढी जनसंख्या रहेको महिलालाई मूल प्रवाहमा नल्याई देश विकास सम्भव नहुने धारणा व्यक्त गरे ।

महिलाको शसक्तिकरणको लागि आफुले कुनै कसर वाँकी नराख्ने वताउदै लिङ्गदेनले लिङ्ग र वर्गको आधारमा विभेद अन्त्य हुनुपर्ने वताए ।

महिलाको समग्र विकासको लागि ३ दशकअघि स्थापित सेवाकेन्द्रले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले आगामी दिनमा अझवढी भूमिका निर्वाह गर्नेमा जोड दिए ।

सेवा केन्द्रकी सदस्य तुलसा घिमिरेले स्वागत गरेको कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, सहायक प्रमुखजिल्ला अधिकारी माधवप्रसाद पोखरेल, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, हिन्दु राष्ट्रिय एकतामञ्चका अध्यक्ष इन्द्रप्रसाद ओलीले शुभकामना मन्तव्य राख्दै व्यवसायिक उन्नतीको लागि सस्थाले गरेको महत्वपूर्ण कार्यको चर्चा गरेका थिए ।

सोही अवसरमा सस्थाको स्थापनाकालदेखि हालसम्म उल्लेख्य योगदान गर्नुहुने चार जनालाई सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो ।

यसरी सम्मानितहुनेहरुमा नैनकला श्रेष्ठ, सावित्री सिंह, मणीराम न्यौपाने र जमुना कोइराला छन् । साथै सोही अवसरमा सेवाकेन्द्रले प्रदान गरेको ५ महिने सिलाई कटाई तालिमका प्रशिक्षार्थीहरुलाई समेत प्रमाण पत्र वितरण गरीएको थियो ।

कार्यवाहक अध्यक्ष राधा कार्कीको अध्यक्षतामा आयाजित कार्यक्रमको सञ्चालन हेमा पौडेलले गरेकी थिइन् ।

यसैवीच, साधारणसभाले समितिको सदस्यहरुमा हेमा पौडेल, ताजुमाला कार्की, कृष्णदेवी चुडाल, तुलसा घिमिरे, सावित्री श्रेष्ठ, चन्द्रकला भूषाल, सुनिता शर्मा, गिता मेचे, रिना खड्का, तुलसा आचार्य, रिङ्की सहनी र लक्ष्मी ढकाललाई सदस्यमा सर्वसम्मत चयन गरेको छ ।

महिलाको शसक्तिकरण, जीविकोपार्जन तथा व्यवसायिक उन्नतीको लागि सिप सिकाउने उदेश्यले ३२ सालमा दिलकुमारी श्रेष्ठ मेची आमाले महिला आदर्श सेवाकेन्द्रको स्थापना गरेकी थिइन ।