विनपा १० सैनिकमा जेष्ठ नागरिक भवन बन्दै

समाचार समाज स्थानीय

विर्तामोड / विर्तामोड नगरपालिका वडा नं १० सैनिकमा जेष्ठ नागरिक भवनको निर्माण कार्य शुरु भएको छ ।

वडा नं १० को वडा कार्यालय परिसरमा ३३ लाख रुपैयाँको लागतमा जेष्ठ नागरिक भवनको निर्माण कार्य थालिएको वडाअध्यक्ष दुर्योधन गुरुङ्ले जानकारी दिए ।

विर्तामोड नगरपालिकाले विनियोजन गरेको १० लाख र १० नं वडा कार्यालयले विनियोजन गरेको ५ लाख रुपैँया गरी जम्मा १५ लाख रकमबाट भवन निर्माण गर्न थालिएको अध्यक्ष गुरुङ्ले बताए ।

वडाअध्यक्ष दुर्योधन गुरुङ्


‘१५ लाख रुपैया मात्र भए पनि हामीले निर्माण शुरु गर्यौ’ अध्यक्ष गुरुङ्ले भने ‘अब नपुग रकम मध्ये सहारा नेपालले केही रकम उपलव्ध गराउने बचन दिएको छ । अन्य रकम अरु संघ संस्थाहरुसँग हात फैलाउछौं ।’

३३ लाख रुपैया भवनको लागत स्टिमेटे रहेको उनले जानकारी दिए । वडा कार्यालयमा बैठक बस्नका लागि उपयुक्त स्थान नभएकोेले मिटिङ् हलको रुपमा प्रयोग गर्ने उद्देश्यले पनि जेष्ठ नागरिकको नाममा भवन निर्माण गर्नु परेको उनको भनाई छ ।

वडा कार्यालय भवन उपयुक्त स्थानको अभावमा सानो भवनमा सञ्चालित छ ।

भवन निर्माणमा अपुग रकम फागुन ३ गतेदेखि लाग्ने सैनिक महोत्सवबाट उठेको रकमबाट खर्च गर्ने योजना रहेको उनले बताए ।

जेष्ठ नागरिकको नामबाट भवन बनेपनि वडा कार्यालयको प्रयोजनको लागि भवन प्रयोग हुने निर्माण समितिका अध्यक्ष मदन गुरुङ्ले बताए । भवन अपांगमैत्री बन्ने उनको भनाइ छ ।

१ तले भवनको पुुस १ गतेदेखि निर्माण कार्य शुरु भई ०७६ जेठ मसान्तभित्र निर्माण कार्यसक्ने लक्ष्य रहेको निर्माण समितिका सचिव बुद्धीनाथ पौडेलले जानकारी दिए ।