सुरुङ्गाका भट्टराई दम्पतीले गरे ५५ हजार बढी नगद सहयोग

आर्थिक समाचार समाचार समाज
विर्तामोड / झापा सुरुङ्गाका गोपीकृष्ण र सावित्रा भट्टराईले पितृ मोक्षको कामना गर्दै आयोजना गरिएको सप्ताहब्यापी श्रीमद्भागवत महापुराण समापनको अवसर पारेर विभिन्न सामाजिक संघसंस्थाहरुलाई ५५ हजार बढी नगद सहयोग गरेका छन् ।
स्वर्गीय पिता मनप्रसाद र माता गोमा भट्टराईको स्मृतिमा भट्टराई दम्पतीले झापाका महिला सञ्चारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको ‘नारी संचार अक्षयकोष’ बृद्धिका लागि २५ हजार पाँच रुपैयाँ सहयोग गरेका छन् ।
भट्टराई परिवारले नारी सञ्चार गृह झापाका कार्यवाहक अध्यक्ष भीमा शिवाकोटी र सचिव रेजिना गौतमलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
महिलाहरुको क्षमता अभिबृद्धि, प्रोत्साहन लगायत बहुउद्देश्य राखेर नारी संचार गृह झापाले गत भदौदेखि अक्षयकोष स्थापना गरेको छ भने यसमा रकम बृद्धिका लागि सामाजिक संघसंस्था र ब्यक्तिलाई सहयोगका लागि आह्वान समेत गरेको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि भट्टराई परिवारले पाँच हजार पाँच रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सो रकम महासंघ उपाध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरिएको छ । सहयोग ग्रहण गर्दै सञ्चारकर्मी भीमा शिवाकोटीले भट्टराई परिवारलाई धन्यवाद दिइन् । ।
यसैगरी भट्टराई परिवारले सुरुङ्गा प्रेस क्लवलाई ५ हजार ५ रुपैयाँ, कनकाई विहानी क्लवलाई १० हजार ५ रुपैया, भट्टराई कुलबंश प्रतिष्ठान नगर समिति कनकाई र जिल्ला समिति झापालाई ५/५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
भट्टराई कुलबंश प्रतिष्ठान झापा अध्यक्ष  लक्ष्मीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रममा गोपीकृष्ण भट्टराईको अध्यक्षता र  देवी भट्टराईको सञ्चालन रहेको थियो ।