अर्जुनधारा डीएमसीमा झोलुङ्गे पुल बन्ने (भिडियो सहित)

समाचार समाज

झापाको /अर्जुनधारा नगरपालिका ५ र ७ बाट मदनपुरतर्फ जाने बाटोमा पर्ने विरिङखोलामा झोलुङ्गे पुल बन्ने भएको छ । बाटोमा पर्ने विरिङखोलामा पुल नहुँदा स्थानीय लामो दुरी पार गर्दै मदनपुरतर्फ जान बाध्य थिए ।

स्थानीय समाजसेवी केदारनाथ पराजुलीको सकृयतामा १ सय ६० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि शिलान्यास गरिएको हो ।

भिडियो

संघीय सांसद् एवम अन्तर्राष्ट्रिय सम्वन्ध समितिकी सभापति पवित्रा निरौला ( खरेल ) ले पुल निर्माण स्थल डीएमसीमा एक कार्यक्रमबिच झोलुङगेपुलको शिलान्यास गरिन । १ करोड १० लाख रुपैयाँको अनुमानित लागतमा पुल बन्ने संघीय सांसद् निरौलाले बताइन ।

पुल बन्ने भएपछि ४ किलोमिटर बाटो घुमेर पारी जानु पर्ने वाध्यतावाट स्थानियहरु मुक्त हुने अपेक्षा गरिएको छ ।

सस्पेन्सन आकारमा बन्न लागेको झोलुङगेपुल ४ महिनामै सम्पन्न गर्ने गरी काम अगाडि वढाउने ठेकेदार कम्पनीका प्रतिनिधी निलम डाँगीले जानकारी दिए ।
पुलबाट साइकल तथा मोटरसाइकल सजिलै आवतजावत गर्न सक्ने गरी डिजाइन गरिएको बताइएको छ ।

शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरी राना, वडा अध्यक्ष, सदस्य तथा स्थानीयबासीहरुको बाक्लो उपस्थिति थियो ।