दमकमा पहिलो पटक बृहत बालमहोत्सव हुने

बाल बालिका समाचार

केशवराज भण्डारी-

दमक / १ नं प्रदेशमै पहिलो पटक झापाको दमकमा वालमैत्री स्थानीय सरकार, हामी सवैको सरोकार भन्ने मुल नाराकासाथ बृहत वालमहोत्सव हुने भएको छ ।

दमक नगरपालिका मुख्य आयोजक रहेको महोत्सव माघ १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने महोत्सव मुल आयोजक ममितिले जनाएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा विभिन्न विषयका विषयगत उप समिति निर्माण गरी काम तिव्र रुपमा अगाडि वढाइएको छ ।

महोत्सव दमकनगरपालिका उप प्रमुख गिताकुमारी पौडेल अधिकारीको अध्यक्षतामा सम्पन्न हुदैछ । सरसफाई, वाल प्रतिभा, सहभागी समन्वय, वाल प्रतिभा छनोट, खेल तथा मनोरञ्जन, पार्किङ ब्यवस्थापन, सुरक्षालगायतका उप समिति निर्माण गरी काम तिब्र वनाइएको छ ।

त्यसैगरी म्याथ ओलम्पियाड, हाँजिरीजवाफ, चित्रकला प्रदर्शनी तथा कविता प्रतियोगिता, निवन्ध प्रतियोगिता, विज्ञान प्रदर्शनी, बक्तृत्वकला, वालझाँकीलगायतका उपसमिति निर्माण गरी कार्यक्रम सञ्चालन गरिने जनाइएकोछ ।

५९ लाखको लागतमा सञ्चालन हुने महोत्सवमा वालवालिकाले तारा पुञ्ज अवलोकन गर्न पाउने मुल आयोजक समितिकी संयोजक गिताकुमारी पौडेल अधिकारीले वताइन् ।

महोत्सवमा मनोज गजुरेल, राजा राजेन्द्र पोखरेल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, विल्सन विक्रम राई, अशोक दर्जी, टंक वुढाथोकी, रमेश भट्टराई, निलम ढुंगानालगायतका कलाकारको प्रस्तुती रहने जनाइएको छ ।

महोत्सवका कृयाकलापमा सहभागी हुनका लागि हालसम्ममा १६ हजार भन्दा वढी वालवालिकाले अनलाइन फारम भरिसकेको वताउँदै संयोजक पौडेलले आधारभूत र माध्यमिकतहका आधारमा सहभागिता गराइने वताइन् ।

महोत्सवमा आवश्यक पर्ने खर्च नपुग भएमा केन्द्र र प्रदेश सरकारवाट पनि सहयोगको आश्वासन आएको वताउँदै महोत्सववाट फाइदा भएमा सडक वालवालिकाको ब्यवस्थापनमा खर्च गर्ने पनि संयोजक गिताले जानकारी दिएकी छन् ।

साथै सम्पूर्ण विषयगत उप समितिहरुले ब्यवस्थापनको काम पुरा गर्न आ आफ्नो जिम्मेवारी लिएको बताइएको छ ।