नेपाललाई व्याटिङ कै पिरोलो

खेलकुद पत्रपत्रिका

नेपाल र युएईबिचको दोस्रो ट्वेन्टी–२० क्रिकेट आज हुदैछ । ३ म्याचको सिरिजमा १-० ले पछि रहेकाले सिरिजमा फर्कन नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

पहिलो खेलमा नेपालले हिजो २१ रनको हार ब्योहोरेको थियो । युएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे खेल सुरु हुनेछ ।

घरेलु टोली दोस्रो खेलमा पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ । आजको खेलमा जित हात पारे, युएईले वन डे सिरिजमा भोगेको हारको बदला समेत लिनेछ । अघिल्लो क्रमका ब्याट्सम्यान चल्न नसकेपछि पहिलो खेलमा हार व्यहोरेको नेपालला आज भने सुधार आवश्यक छ ।

नेपालले अहिलेसम्म ट्वेन्टी–२० सिरिज जित्न सकेको छैन । युएई भ्रमणका क्रममा यसअघि भएको ३ म्याचको वन डे सिरिज भने नेपालले पहिलो खेलमा हारका बाबजुद २–१ ले जितेको थियो ।    कान्तिपुरबाट