जनआन्दोलनको आयोजनामा तीनदिने प्रशिक्षण

समाचार सूचना प्रबिधि

विर्तामोड  / जनआन्दोलन साप्ताहिक प्रकाशन समूह झापाको आयोजना र विर्तामोड नगरपालिका वडा नं–६ को सहयोगमा तीनदिने सूचना संकलन, निवेदन लेखन तथा वाककला सम्बन्धी तीनदिने प्रशिक्षण आजदेखि शुरु भएको छ ।

विर्तामोड नगरपालिका वडा नं–६ हरिहर आश्रममा आयोजित तालिमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष सूर्य कन्दङ्वाले गरेका थिए ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि कन्दङ्वाले सामाजिक सशक्तिकरणले मानिसलाई सवल र सक्षम बनाउने टिप्पणी गर्दै सूचना प्रवाह अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

जनआन्दोलन साप्ताहिक प्रकाशन समूहका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता र सम्पादक इन्दु पूर्वेलीको सञ्चालनमा सम्पन्न तालिम उद्घाटन समारोहमा वडासदस्यद्वय पवित्रा कोइराला (ढुङ्गाना ) र शोभा विश्वकर्माले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यकारी सम्पादक रेजिना गौतमले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत कमल सिटौलाले गरेका थिए । तीनदिनसम्म सञ्चालन हुने तालिममा वडाभित्र गठित टोल सुधार समिति, आमा समूहका अध्यक्ष वा सचिवसहित ३५ बढीको सहभागिता रहेको छ ।