सोनाम ल्होछारमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

समाचार

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलले सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्र्याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मंगलबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन् नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातीका मनाउने परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीहरुलाई एक सुत्रमा बाध्न महत्वपूर्ण योगदान गरेका छन् ।