नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन बैठक

आर्थिक समाचार समाचार

काठमाण्डौं / नेपाल र भारतले सन् २००९ मा गरेको वाणिज्य सन्धिको पुनरावलोकन बैठक भोलि (बिहीबार) देखि पोखरामा हुँदैछ।

सहसचिव नेतृत्वमा हुने बैठकमा नेपालले दुई देशको परवाहन मुद्दालाई प्रमुख एजेण्डा बनाएको छ।

नेपालले विषेश गरी यातायत, भन्सार दर र भन्सार कडाईको मुद्दालाई अघि सार्ने भएकाे छ। नेपालबाट उक्त्त बैठकको नेतृत्व गर्ने सहसचिव रविरंशर सैंजूका अनुसार पहिले नै छलफल हुँदै आएको भन्सार शूल्क जसमा नेपालले कृषिजन्य बस्तुको भन्सार छुट माग्ने छ भने अन्य बस्तु जुन नेपालबाट भारत निर्यात हुन्छ त्यसमा पनि छुट माग्ने छ।

त्यस्तै रेलमार्ग विस्तार जलमार्गको प्रवेशमा सहजताको विषयलाई उठान गर्ने छ। नेपाालले यो बैठकमा भन्सार छलीको विषयलाई पनि उठान गर्ने छ।

नेपाल भारत खुल्ल सिमाना भएका तथा आयातित बस्तुमा हुने न्यून विजकिकरणको विषयलाई पनि उठान गर्ने भएको नेपालले भारतसँग खुल्ला सिमाना र बिलमा हुने घोटलालाई कसरी समाधान गर्न सकिन्छ भनेर भारतसँग सोध्ने छ।

यो समस्याले गर्दा नेपाललाई राजश्वमा धेरै घाटा लाग्ने गरेको छ। सन्धि पुनारावलोकनको लागि यसअघि पनि नेपाल र भारतबीच वार्ता भएका थिए। दिल्लीमा गत अगस्ट ९ मा भएको वार्तामा पनि नेपालले सोही विषयमा छलफल गरेको थियो। यसमा भारतीय पक्ष सकारात्मक देखिएकाे सहसचिव सैंजूले जानाकारी दिए।

भोलिदेखि हुने वार्तामा भने नेपालले उक्त विषय कार्यान्यवन गर्न प्राविधिक तयारी कस्तो हुने पर्छ भनेर प्रस्तुति दिने छ। विस्तृत पक्षमा छलफल गरी अहिलेको सन्धिमा उपयुक्त नभएका विषयलाई हटाइने उनले जानकारी दिए।

सै‌ंजूका अनुसार यो नेपालले उठाएको मुद्दा अनुसार सम्झौता भएको खण्डमा नेपालले व्यवसाय घाटा कम गर्न सक्नेछ। नेपालले निर्यात गर्न सक्ने बस्तुमा भन्सार छुटदेखि कोटा सिस्टम समेत माग गरेकोले नेपालले निर्यातमा दोहोर लाभ लिन सक्छ।

त्यस्तै व्यापारघाटा न्यूनीकरणका लागि गैरभन्सार अवरोध हटाउने मुद्दालाई अघि सारेको छ। जलमार्गको लागि भारतले सहजता गरेको खण्डमा पहिलो कुरा आयात निर्यातमा नै लागत कम पर्छ।

त्यस्तै, रेलमार्गको विस्तारमा सहजता भएको खण्डमा नेपालले आफ्नो व्यवसाय अहिलेको भन्दा दशौं गुणाले सुधार गर्न सक्ने उनले दावी गरे। यो वार्ता पोखरामा दुई दिनसम्म चल्नेछ। नेपालखबर