सिन्धुलीमा जीप दुर्घटना ५ जनाको मृत्यु, ७ घाइते

समाचार

झापा / सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।

घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । सिन्धुलीको फिकल गाउँपालिका २, चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको छ ।

गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका(२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।