बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु

अपराध समाचार समाज

ओखलढुङ्गा / अंश विवादमा बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा स्थानीय ३० वर्षकी तारादेवी गुरुङले फलामको ढुंग्रोले हिर्काउँदा ७० वर्षीय उनकै ससुरा रामकाजी गुरुङको मृत्यु भएको हो ।

प्रहरीले बिहीबार तारादेवीलाई पक्राउ गरेको छ । अंशबण्डाको बिषयमा विवाद हुँदा तारादेवीले ससुराको टाउकोमा फलामको ढुंग्रोले हिर्काएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।