सुँगुरको आक्रमणबाट महिलाको मृत्यु

देशबाहिर रोचक प्रसंग समाचार

एजेन्सी / सुँगुरको खोरमा चारो दिन गएकी एक महिलाको सुँगुरको आक्रमणबाट मृत्यु भएको छ।

रुसको एक सुँगुर फार्ममा चारो दिन गएकी एक ५६ वर्षीया महिलाको सुँगुरको आक्रमणबाट मृत्यु भएको बताइएको छ ।

फेब्रुअरी १ तारिखमा मालोपुगिंस्की जिल्लाको एक सुँगुर फार्ममा चारो दिन गएकी महिला खोरमै लडेकी थिइन्।

सुँगुरले ती महिलालाई नै खाने प्रयास गरेको बताइएको छ ।

आक्रमणबाट खुनको बहाब रोकिन नसकेपछि उनको ज्यान गएको बताइएको छ।जब ती महिलाका श्रीमानले उनलाई खोरमा देखें। उनको शरीर भरी घाउ भएको जनाइएको छ।