सिम्रिकको बार्षिकोत्सवमा सम्मानसहित ऋण मिनाह

आर्थिक समाचार समाचार सहकारी

बिर्तामोड / झापाको बिर्तामोड–४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा आठ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका झापाका प्रमुख राजेश राई, वर्ष उत्कृष्ट कर्मचारी विमला न्यौपाने, यमबहादुर बिष्ट, पत्रकार तुलसीप्रसाद निरौला, उत्कृष्ट सेवाकेन्द्र धुलाबारी लघुवित्त सेवाकेन्द्र, सुरुङ्गा सेवाकेन्द्र लगायतलाई नगदसहित सम्मान गरिएको थियो ।

संस्थाले आठौ बार्षिकोत्सवको अवसरमा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीलाई, बिशेष सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास खड्कालाई समेत स्वागत गरिएको थियो ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षता तथा प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संस्थाका सञ्चालक समिति सदस्य इन्द्रबहादुर कार्कीले गरेका थिए ।

कार्यक्रममा सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत, महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती, समाजसेवी राजकुमार पोखरेल, बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कुलप्रसाद संग्रौला, नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई, नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, जिल्ला बचत संघका सहसचिव उपेन्द्र ओली, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले औचित्यमाथि प्रकाश पारेका थिए । सोही कार्यक्रममा संस्थाका दुई जना शेयर सदस्यहरुको ऋण मिनाहा गरिएको थियो ।

मेचीनगरपालिका–१२ सविना दर्जीको मृत्यु भएकोमा उनले लिएको नगद ४० हजार र बनियानीका सोरेन मुखियाको मृत्यु भएकोमा उनले लिएको नगद ४० हजार ऋण मिनाहा गरिएको थियो ।

त्यस्तै मेचीनगर नगरपालिकाकी सुनिता लामिछानेलाई उपचारका लागि आठ हजार, मनबहादुर तामाङको आगलागी भएकोमा उनलाई पाँच हजार, बिर्तामोडकी विष्णुमाया पाठकलाई उपचारका लागि चार हजार, बिर्तामोडकी लक्ष्मीदेवी भट्टराईलाई स्तन क्यान्सर भएकोमा नगद २५ हजार, दुहागढीकी सुष्मा भट्टराई दाहाललाई नगद १० हजार, कनकाई नगरपालिकाका यदुप्रसाद भट्टराईलाई मृगौला फेल भएका कारण २५ हजार, मेचीनगरपालिका–६ का धनवीर तामाङको आगलागी भएकोमा नगद चार हजार, दुहागढीकी रिता राउतलाई उपचारका लागि नगद आठ हजार प्रदान गरिएको संस्थाका सचिव सुवास भट्टराईले जानकारी दिए ।

यसैबीच संस्थाले झापामा सबैभन्दा बढी रक्तदान गरेको छ । संस्थाको आठौं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा एक सय ९५ जनाले रक्तदान गरेका थिए ।