बुधवारे जेसीजको पद हस्तान्तरण

समाचार समाज स्थानीय

बुधबारे / बुधबारे जेसीज वर्ष २०१९ को पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष प्रकाश भण्डारीले नवनिर्वाचित अध्यक्ष हेमन्त बराललाई जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । साथै नव निर्वाचित अध्यक्ष बरालले विभिन्न पदमा मनोनित समेत गरे ।

साथै, उत्कृष्ट जेसी पुरस्कारबाट बर्ष २०१८ कार्यकारी उपाध्यक्ष मुकेश भट्टराई , जेसी बाल कुमार राई होक्से युवा क्लबका अध्यक्ष, जेसी नन्दु राई, तिनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, जेसी मनेस दाहाल, आदर्श युवा क्लबका अध्यक्ष र जेसी सन्तोष कुमार ढकाल प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

मनोनित गरिएका पदहरुमा महासचिवमा मुकेश भट्टराई, सहसचिव गोकुल पौड्याल, मिडिया कोअर्डिनेटरमा आयुष निरौला, वातावरण संयोजकमा दिनेश खतिवडा, स्वास्थ्य संयोजकमा प्रकाश निरौला, रेकर्डिङ कोअर्डिनेटरमा पवन खनाल, थिम इडिटरमा पर्शुराम भट्टराई, भोलियन्टर कोअर्डिनेटरमा दिवेश शिवाकोटी, न्यू मेम्बर कोअर्डिनेटरमा गंगाराम भट्टराई, पब्लिक रिलेशन अफिसर नन्दु राई, कानुनी सल्लाहकार चन्द्र कट्वाल, टे«निङ् कोअर्डिनेटरमा दुर्योधनसिंह देव, स्पोर्टस् कोअर्डिनेटरमा बालकुमार राई, फाइनान्स कोअर्डिनेटरमा अग्नेश दाहाल, लङ टर्म कोअर्डिनेटरमा मनोज कडरिया, टुर कोअर्डिनेटरमा भुपेन गिरी, कलचरल कोअर्डिनेटरमा सोमनाथ भट्टराई, विज्ञापन कोअर्डिनेटरमा चन्द्र वाग्ले, आइओम कोअर्डिनेटरमा टेकनाथ ढकाल, ध्वनी संयोजकमा ख्याम नेपाल, सिस्टम म्यानेजमेन्टमा रामकृष्ण लुइटेल छन् ।

शाखाको साधारणसभामा निर्वाचित भएका कार्यकारिणी उपाध्यक्षमा अनिल वाग्ले र दिपेन सिटौला, उपाध्यक्षमा गजुहाङ्ग लिम्बु, नवराज कोइराला, अर्जुन ढकाल र केशव खुलालको नाम सोही समारोहमा निर्वाचन आयुक्त एवम् पूर्व अध्यक्ष सेवन्त पोखरेलले घोषणा गरेका थिए । उनीहरु सबैलाई नव निर्वा्चित अध्यक्ष बरालले सामुहिक सपथ ग्रहण गराएका थिए ।

वर्ष २०१८ का अध्यक्ष प्रकाश भण्डारीकोे सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष मिरा भुर्तेल, संस्थापक अध्यक्ष प्रकाश शिवाकोटी, पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, पूर्व अध्यक्ष सेमन्त पोखरेल, एकराज गिरी, वर्ष २०१९ का अध्यक्ष विशाल थापा, शाखाका पूर्व अध्यक्ष अतुल प्रसाई धुलाबारी जेसीजका अध्यक्ष नारायण खनाल, वर्ष २०१९ का अध्यक्ष केशव पोखरेललगायतको उपस्थिति थियो ।

दुर्योधन सिंह देवले स्वागत गरेको कार्यक्रमको सञ्चालन वर्ष २०१६ का अध्यक्ष सेमन्त पोखरेल र बर्ष २०१८ का महासचिव चन्द्र कटवालले गरेका थिए ।