सुस्त मनस्थितिका एक व्यक्ति बेपत्ता

समाचार समाज समुदाय

विर्तामोड / झापाको अर्जुनधारा नगरपालिकाका एक व्यक्ति एक महिना अघिदेखि हराइरहेको समाचार प्राप्त भएको छ ।

अर्जुनधारा-३ गरुवाचोक, खुदुनाबारीबाट वर्ष ३५ का इलु कान्छा भन्ने बुद्धीमान लाम्गादे हराइरहेको उनका आफन्त जनक ल्वागुनले जानकारी दिए ।

५ फीट ३ इन्च उचाई भएका कालो रंगको ज्याकेट र खैरो रंगको जाइन्ट लगाएको सुस्त मनस्थितिका लाम्गादे  माघ २५ गतेदेखि हराइरहेका छन् ।

उनलाई भेट्नुहुने महानुभावले नजिकको प्रहरी चौकीमा खबर गर्न अथवा मोवाइल नं ९८१४९०१५७२ र ९८१३६०१८६३ मा सम्पर्क गरी जानकारी गराइदिनु हुन आफन्तले आग्रह गरेका छन् ।