‘मिडल पोइन्टका विद्यार्थी जुनसुकै शैक्षिक संस्थामा फिट हुन्छन्’ -हरी धिमाल (हेर्नुहोस् भिडियो)

बिद्यालय-कलेज शिक्षा समाचार

विर्तामोड / सरस्वती पूजाको अवसरमा विर्तामोडको मिडलपोइन्ट इलेमेन्ट्री स्कुलले विभिद सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विर्तामोड नगरपालिका ५ जात्रुबाडीमा सञ्चालित उक्त स्कुलले अभिभावकको उपस्थितिमा विभिन्न कार्यक्रमका साथ सरस्वती पूजा सम्पन्न गरेको हो ।

सो अवसरमा नयाँ विद्यार्थी भर्ना समेत गरिएको छ । कक्षा ७ सम्म सञ्चालित मिडल पोइन्ट स्कूलले भौतिक संरचनादेखि लिएर शैक्षिक गुणस्तर कायम गर्न नयाँ प्रविधिको अवलम्बन गर्ने जमर्को गरेको विद्यालयका फाउण्ड प्रिन्सिपल हरी धिमालले बताए ।

विद्यालयले अब आधारभूत तह कक्षा ८ पनि सञ्चालन गर्ने बताउदै फाउण्डर धिमालले मिडल पोइन्टमा पढेर निस्केका विद्यार्थी जुुनसुकै शिक्षण संस्थामा फिट हनसक्ने बनाउने प्रयास रहेको पनि जानकारी दिए ।

हेर्नुहोस् भिडियो

कार्यक्रममा शैक्षिक प्रमुख केशव सापकोटाले विद्यालयको भावि योजना बारे प्रकाश पार्दै विद्यालयको पुर्ननिर्माण गरेको जानकारी दिए ।

गुणस्तरीय शिक्षाका लागि भावि पुस्ताले भारतको दार्जिलिङ् जानु नपरोस भनेर हामीले आजको आवश्यकता अनुसार शिक्षा दिने प्रयास गरेको जानकारी दिए ।

कार्यक्रममा विद्यालयका रेक्टर प्रनिल धिमाल, कोअर्डिनेटर सुदिक्षा श्रेष्ठ ,गोर्खा फाउण्डेसनका अध्यक्ष बिरु दर्नाललगायतको उपस्थिति थियो ।

कार्यक्रममा वालवालिकाले गीत,नृत्य, चित्रकला, मार्सलआर्टस् आदि खेल तथा कला प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक क्षितिज सुबेदीले गरेका थिए ।