हिरो गोल्डकपमा नेपालद्धारा इरान ३ गोलले पराजित

खेलकुद देशबाहिर

काठमाडौं / नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले एक गोल गरेका थिए । लगातार दोस्रो जित निकालेको नेपालको प्रतियोगिताको फाइनलमा स्थान बनाउने सम्भावना बलियो छ ।

नेपालका लागि अनिता बस्नेतले ४१ औं मिनेटमा १ गोल गरेकी थिइन् । पहिलो हाफमा १(० को अग्रता लिएको नेपालले दोस्रो हाफको ५९ औं मिनेटमा अग्रता दोब्बर पार्यो ।

सावित्रा भण्डारीले अर्को गोल गर्दै नेपाललाई २-० अग्रता दिलाइन् । खेलको अन्तिम मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालको जित पक्का भएको हो ।

यस जितसँगै नेपालले ३ खेलमा २ जित र १ हारसँगै ६ अंक जोडेको छ । इरानले समूहका तीनै खेलमा पराजय बेहोर्दै कुनै अंक जोड्न सकेन । इरान प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

बुधबार नै हुने अर्को खेलमा म्यानमारले भारतविरुद्ध जित वा बराबरी खेलेमा नेपाल र म्यानमारले प्रतियोगिताको फाइनल खेल्नेछन् । भारतले जित दर्ता गरेको खण्डमा भने गोलअन्तरका आधारमा विभिन्न समीकरणहरु बन्नेछन् ।