सर्टगनको छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते

समाचार स्थानीय

बिर्तामोड / प्रहरीले बोकेको बन्दुक अचानक पड्किँदा झापामा एक पत्रकार घाइते भएकी छन् । ड्युटीमा रहेका प्रहरीले बोकेको सर्टगन पड्किन गई छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते भएकी हुन ।

गृहमन्त्री रामबहादुर थापा झापा आउदै गर्दा सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किएको बताइएको छ ।

झापाको लक्ष्मीपुर चोकमा प्रहरीको सर्टगन पड्किएको थियो । करिब ३ सय मिटर टाढा रहेकी पत्रकार मैनालीको खुट्टामा गोलीको छर्रा लागेको थियो ।

उनको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । उनको त्यहाँ उपचार भइरहेको छ भने शेर्पालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।