व्लुमिङ वर्ड मन्टेश्वरीको छैटौं वाषिक उत्सव सम्पन्न

विर्तामोड / व्लुमिङ वर्ड मन्टेश्वरी प्रि-स्कूलको छैटौं वाषिक उत्सव विर्तामोडमा सम्पन्न भएको छ ।

मन्टेश्वरीले आफ्ना सानासाना नानीबाबुहरुलाई विभिन्न नृत्य गायन र र्याम्पमा उतारेर सांगितिक कार्यक्रम सहित वार्षिक उत्सव मनाएको हो ।

६ वर्षअघि स्थापना भएको मन्टेश्वरीमा नयाँ थपिएकासहित ८८ जना बालबालिका छन् । विद्यालयका प्रथम अभिभावक सेवन्त पोखरेलको प्रमुख आतिथ्यमा आयोजित वार्षिक उत्सव समारोहमा विभिन्न मन्टेश्वरी रुकूलका शिक्षक, शिक्षिका, विद्यालयका अभिभावकहरुको बाक्लो उपस्थिति थियो ।

विद्यालयकी प्रिन्सिपल सम्झना गुरुङले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा तहल्काखबर डटकमका सम्पादक गोपिन पोखरेल, आभिभावक मनोज लामिछानेलगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन लीला बरालले गरेकी थिइन् ।