‘तिम्रो लागि ज्यानै दिन्छु’ भन्नेको मोवाइलले यसरी भाँडियो घर (भिडियो सहित)

गित संगीत मनोरञ्जन समाचार

विर्तामोड /गीतकार दुर्गा कडरिया पहिलो पटक तिम्रो लागि ज्यानै दिन्छु भन्थि बोलको गीत लिएर सांगितिक क्षेत्रमा प्रवेश गरेका छन् ।

गीतकार कडरियाको यो पहिलो सांगितिक कोशेली हो । कडरियाको शव्द, गायक नरेन्द्र प्यासीको स्वर र चित्रलाल शर्माको संगीत र पुस्कर सुनुवारको एरेञ्जमा आधुनिक सेन्टीमेन्टल गीतको भिडियो यूट्युब मार्फत सार्वजनिक भएको हो ।

                      भिडियो

भिडियो सुभाष संकल्पको निर्देशन कलाकार रोहित घिमिरे, दक्षिणा भट्टराई, अनमोल खतिवडालगायतले रोमान्स गरेका छन् ।

भिडियोमा मोवाइले जन्माउने पारिवारिक कलह र मनमोटावलाई मार्मिक ढंगले देखाउने प्रयास गरिएको छ ।

सुमन तामाङले खिचेको भिडियो परिकला मिडिया प्रालिले सार्वजनिक गरेको हो ।