नयाँ फिचरसहित जेसिबी न्यू थ्रीडिएक्स सुपर बजारमा

विर्तामोड / जेसिबीको आधिकारिक विक्रेता एमएडव्ल्यू अर्थमुभर्सले जेसिबी न्यू थ्रीडिएक्स सुपर बजारमा ल्याएको छ ।

एमए डव्ल्यूको पूर्वाञ्चल विक्रीकेन्द्र विर्तामोड शाखामा आज कम्पनीले पत्रकार सम्मेलन र उपभोक्ता भेला गरी न्यु जेसीबी थ्रिडिएक्स सुपर सार्वजनिक गरेको हो ।

९२ हर्स पावर क्षमता भएको जेसिबीको नयाँ उत्पादन न्यु जेसीबी थ्रिडिएक्स सुपर लक्ष्मी माता कन्ट्रक्सनका प्रवन्धक सुरेश कडरियाले रिबन काटेर सार्वजनिक गरेका थिए ।

पुरानो जेसिबी भन्दा न्यू थ्रीडिएक्स सुपरमा ३० वटा फिचर थप गरी बजारमा ल्याएको कम्पनीका एरिया सेल्स मेनेजर (एएसएम) शिकन्दर शाहले जानकारी दिए ।

उपभोक्ताको आवश्यकता र लगानीको प्रतिफल फिर्ता गर्ने उदेश्यले एमएडब्ल्यू अर्थमुभर्सले नयाँ फिचरयुक्त जेसिबी बजारमा ल्याएको सेल्स मेनेजर शाहको भनाइ छ ।

जेसिबी व्याकहोलोडरको आविश्कार सन् १९५३ मा युकेमा जोसेफ सिरिल व्यामफोर्डबाट भएको हो ।

यो उत्पादन अहिले निर्माण जगतमा विश्वकै सर्वाधिक बिक्री हुने ब्राण्डको रुपमा परिचित रहेको कम्पनीका प्रोडक्ट स्पेसलिष्ट कपिल श्रेष्ठले जानकारी दिए ।

जेसिबी व्याकहोलोडरले विश्वको कुल बजारमध्ये ५० प्रतिशत हिस्सा ओगटेको श्रेष्ठले बताए । उनका अनुसार यो ब्राण्ड अपरेटरले सजिलै काम गर्न सक्ने किफायती सुविधासम्पन्न धेरै फिचर युक्त भएकोले बढीभन्दा बढी काम छोटो समयमा गर्न सकिन्छ ।

निर्माण जगतमा राम्रो उपस्थिति जनाउने उद्देश्यका साथ नयाँ इकोएक्सेलेन्स थ्रिडिएक्स सुपर व्याकहोल लोडर अर्थमुभर्सले बजारमा ल्याएको कम्पनीका प्रोडक्ट स्पेसलिष्ट श्रेष्ठले जानकारी दिए ।

‘जेसिबी न्युथ्रिडिएक्स सुपरमा ३० वटा नयाँ फिचर छन्’ श्रेष्ठले भने ‘उपभोक्तालाई वार्षिक ४ लाख ६० हजारको प्रत्यक्ष फाइदा समेत छ ।’

किनभने यसअघिको भन्दा नयाँ  मा १० प्रतिशत इन्धन बचत, मर्मत खर्च बचत र ७ प्रतिशत कार्यक्षमता बृद्धि हुने उनले बताए ।

४७ लाख ५० हजार रुपैया मुल्य रहेको न्यू थ्रीडिएक्स सुपर ब्राण्डमा १५ वटा इण्डस्टिजमै पहिलो अटोम्याटिक म्यानुअल ट्रान्समिसन स्वचालित म्यानुअल ट्रान्समिसन एसओएस स्वीच, इकोनोमी एण्ड पावरमोड, गाइड मिहोम, स्मार्ट एप मेसिन डाइग्नोसिस् जस्ता फिचर जडान गरिएको छ ।

आरामदायी र अत्याधुनिक सुविधा सम्पन्न क्याविन थप भएकोले यो ब्राण्ड धेरैभन्दा धेरै उपभोक्ताको रोजाइमा पर्ने प्रोडक्ट स्पेसलिष्ट श्रेष्ठकोे भनाइ छ ।

जेसिबीको बिक्रिको लागि नेपालमा १२ वटा शाखा, १५ वटा एआरओ र २ सय ३० सर्भिस इन्जिनियर रहेको सेल्स मेनेजर शाहले जानकारी दिए ।