झापाका ललित धिमालले जिते दोस्रो नेपाल च्याम्पियनको उपाधी

विर्तामोड / धरानमा भएको दोस्रो नेपाल च्याम्पियनको उपाधी झापाका ललित धिमालले जितेका छन् ।

ग्यालेक्सी जिम सेन्टर विर्तामोडका ललितले ७५ केजी तौल समुहमा प्रतिष्पर्धा गरेका थिए ।

एलाइनेट जीम सेन्टर धरानको आयोजनामा हिज धरानको सभागृहमा दोस्रो नेपाल च्याम्पियन राष्ट्रिय व्यापी शारीरिक सुगठन प्रतियोगिता २०७५ आयोजना भएको थियो ।

प्रतियोगिता विजेताले १ लाख ५० हजार, फस्ट रनरअपले ५० हजार, सेकेण्ड रनरअपले ३० हजार रुपैया राशीको पुरस्कार प्राप्त गरेका थिए ।