जिल्ला स्तरीय फुटबल फाइनलमा आज मुनाल र शनिश्चर भिड्दै

मेचीनगर / मेचीनगरको कालिझोडामा सञ्चालित जिल्ला स्तरीय फुटबल प्रतियोगिता आज सम्पन्न हुँदैछ ।

नवकालिका खेल मैदानमा प्रतियोगिताको आज हुने फाइनल खेल मुनाल क्लव चन्द्रगढी र शनिश्चरे फुटबल क्लव बिच हुँदैछ । दिउसो २:३० बजेदेखि प्रतियोगिता सुरु हुने आयोजक नवकालिका युवा क्लवका सचिव जनक लुहागुनले जानकारी दिए ।

मुनाल फुटबल क्लव चन्द्रगढीले आयोजकलाई २-१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो भने शनिश्चरे फुटबल क्लवले रेडस्टार फुटबल क्लव विर्तामोडलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार १११ र द्वितीय हुनेले नगद ३१ हजार १११ शिल्ड तथा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता फागुन ७ गतेदेखि सुरु भएको थियो ।